
काठमाडौँ । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। उनलाई बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ कटानबाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका हुन्।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित गाली बेइज्जतीको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई दोषी ठहर गरेको थियो। अदालतले उनलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। यो फैसला २०८२ जेठ १ मा भएको हो।
भण्डारीमाथि निर्मला पन्त प्रकरणमा गलत समाचार लेखेको आरोप लागेको थियो। उक्त मुद्दा तत्कालीन प्रहरी अधिकारी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले दायर गरेका थिए।
निर्मला पन्त २०७५ साउन १० मा हराएकी थिइन् र भोलिपल्ट मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको आरोपी अझै पहिचान हुन सकेको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे