
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले महामन्त्री पदको प्रतिस्पर्धाबाट नाम फिर्ता लिएका छन्।
पार्टी स्रोतका अनुसार एउटै व्यक्तिलाई धेरै जिम्मेवारी नदिनु पर्ने अभ्यासलाई ध्यानमा राखेर उनले उम्मेदवारी छोडेका हुन्। तर बुर्लाकोटीले भने आफूले सक्षम नेतृत्वलाई अवसर दिन चाहेकाले स्वेच्छाले प्रतिस्पर्धाबाट पछि हटेको बताएका छन्। उनले अब अन्य योग्य उम्मेदवारलाई समर्थन गर्ने पनि जनाएका छन्।
रास्वपाको पहिलो महाधिवेशन चलिरहेको छ र पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। यता, पार्टीभित्र नेतृत्व चयनमा सहमति जुटाउने प्रयास पनि जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे