
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। उनी हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा छन्। मुद्दाको सुनुवाइ न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा हुनेछ।
यसअघि सर्वोच्चले यस प्रकरणसँग सम्बन्धित अन्य मुद्दाका कागजात झिकाउन आदेश दिएको थियो। उता, विशेष अदालतले अनुसन्धानका लागि पौडेललाई दुई पटक हिरासतमा राख्न अनुमति दिइसकेको छ। सुरुमा सात दिन र त्यसपछि थप तीन दिन हिरासतमा राख्ने आदेश भएको थियो।
पौडेलकी पत्नीले भने श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे