
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि फेरि ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। योसँगै उहाँको म्याद तेस्रो पटक थपिएको हो। विशेष अदालतका न्यायाधीशहरूको इजलासले अनुसन्धान जारी राख्न भन्दै म्याद थप्ने आदेश दिएको हो।
पौडेललाई असार ८ गते सुर्खेतबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेको थियो। विभागले उहाँको सेयर कारोबार र सम्पत्तिको स्रोतबारे अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा केही आर्थिक कारोबार शंकास्पद देखिएपछि उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाइएको छ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई यसअघि पनि विशेष अदालतले दुई पटक हिरासतमा राख्न अनुमति दिएको थियो। अब थप ६ दिनभित्र विभागले अनुसन्धानलाई अगाडि बढाउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे