
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। उपसभापति पदका अर्का उम्मेदवार विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले प्रतिस्पर्धाविनै चयन भएका हुन्।
यसअघि पार्टी सभापति पदमा रवि लामिछाने पनि निर्विरोध चयन भइसकेका थिए। रास्वपाको नयाँ विधानअनुसार पार्टीमा एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री रहने व्यवस्था छ। निर्विरोध चयन भएका पदबाहेक बाँकी पदाधिकारी र केन्द्रीय सदस्यका लागि भने निर्वाचन प्रक्रिया जारी रहने पार्टीले जनाएको छ।
यससँगै रास्वपाले आफ्नो नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे