
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा छिटो स्पष्ट जानकारी दिन आग्रह गरेको छ। आयोगले बुधबार एक पत्र सार्वजनिक गर्दै विभिन्न सञ्चार माध्यममा आएका समाचार र प्राप्त सूचनाका आधारमा यो विषय उठाएको जनाएको छ।
समाचारमा पार्टीले नाबालकहरूलाई सदस्यता दिएको दाबी गरिएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। यदि महाधिवेशनमा प्रस्तुत प्रतिवेदनअनुसार १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाइएको हो भने त्यो नेपालका कानुन र अन्तर्राष्ट्रिय मान्यताविपरीत हुने आयोगको भनाइ छ।
त्यसैले पार्टीले वास्तवमा बालबालिकालाई सदस्यता दिएको हो वा होइन भन्नेबारे विस्तृत जानकारी यथाशीघ्र उपलब्ध गराउन आयोगले अनुरोध गरेको छ। यो जानकारी मानव अधिकार आयोग ऐन २०६८ अनुसार माग गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे