
काठमाडौँ । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको लप्ची क्षेत्रमा घुम्न गएका दुई नेपाली युवकलाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
काठमाडौंका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगर असार २ गते लप्ची पुगेका थिए। उनीहरूले नेपाली सीमा पार गरेर चीनतर्फ ड्रोन उडाएको आरोपमा असार १२ गते चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेको स्रोतले जनाएको छ। हाल उनीहरूलाई चीनको न्यालम काउन्टीमा राखिएको छ।
पछिल्लो समय जलविद्युत् आयोजनाले बनाएको सडकका कारण लप्ची पुग्न सजिलो भएपछि त्यहाँ घुम्न जाने नेपालीको संख्या बढ्दै गएको छ। यससँगै सीमा क्षेत्रमा मानिसहरूको चहलपहल बढेकाले चीनले पनि सुरक्षा निगरानी कडा बनाएको छ।
सीमा क्षेत्रमा जाँदा सम्बन्धित देशका नियम पालना गर्नुपर्ने भएकाले अनुमति बिना सीमा पार गर्ने वा ड्रोन उडाउने जस्ता गतिविधि नगर्न सम्बन्धित निकायले पनि पटक–पटक आग्रह गर्दै आएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे