
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम सूची सार्वजनिक गरेको छ। यस क्रममा पहिले सार्वजनिक गरिएको नतिजामा भएको प्राविधिक त्रुटि सच्याइएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरमा पहिले कृष्णमान श्रेष्ठ निर्वाचित भएको भनिए पनि कागजात र प्रमाण जाँचपछि ध्रुवकुमार थापा मगर निर्वाचित भएको पुष्टि भएको छ। त्यसैगरी गण्डकी प्रदेशतर्फ पहिले सोम शर्मा निर्वाचित भएको भनिए पनि पुनः मत परिणाम जाँच गर्दा पूजा बास्तोला निर्वाचित भएको पाइएको हो।
आयोगले सबै कागजात र मत परिणाम पुनः अध्ययन गरेपछि अन्तिम सूची संशोधन गरिएको जनाएको छ। यससँगै रास्वपाले आफ्नो केन्द्रीय सदस्यहरूको अन्तिम नामावली आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे