
काठमाडौँ । एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थुनामा राखिएको विषयमा परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि मङ्गलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले यस मुद्दा हेर्नेछ।
विशेष अदालतले अनुसन्धानका लागि पौडेललाई थुनामै राख्न अनुमति दिएपछि उनी पक्षले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका हुन्। निवेदनमा उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि पदमा रहँदा गैरकानुनी रूपमा लाभ लिएको र अपराधबाट सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै अनुसन्धानका लागि पक्राउ गरेको थियो।
अब सर्वोच्च अदालतले उनको थुना कानुनी हो वा होइन भन्ने विषयमा सुनुवाइ गरी आवश्यक आदेश दिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे