
काठमाडौँ । नेपालको निजी टेलिकम कम्पनी एनसेलले देशका ५ प्रदेशका १३ जिल्लाका केही स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ। आगामी असार २२ गतेदेखि कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका स्थानीय तहहरूमा थ्रीजी बन्द गरिने कम्पनीले जनाएको छ।
एनसेलले पुरानो थ्रीजी प्रविधि हटाएर ४जी सेवा विस्तार र गुणस्तर सुधार गर्ने उद्देश्य राखेको छ। ग्राहकहरूलाई अब ४जी वा भोल्टे ९ख्यीत्भ्० सेवा प्रयोग गर्न आग्रह गरिएको छ। यसका लागि मोबाइलबाट ८१२३८११३ डायल गरी सेटिङमा गएर ख्यीत्भ् सक्रिय गर्नुपर्ने हुन्छ।
कम्पनीका अनुसार नेपालमा करिब ९५ प्रतिशत क्षेत्रमा ४जी पुगिसकेको छ। अहिले धेरैजसो प्रयोगकर्ता ४जीमा छन्, जबकि थ्रीजी प्रयोगकर्ता निकै कम छन्। त्यसैले थ्रीजी सेवा विस्तारै बन्द गर्दै ४जी र ५जीतर्फ ध्यान केन्द्रित गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे