
काठमाडौँ । काभ्रे जिल्लामा बर्डफ्लु रोग फैलिँदा हालसम्म ४० हजारभन्दा बढी हाँस र कुखुरा नष्ट गरिएको छ। जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार केही हप्तादेखि कुखुरा मर्न थालेपछि ४० हजार ७२९ वटा हाँस तथा लेयर्स कुखुरा नष्ट गरिएको हो।
बनेपा नगरपालिका र पनौती नगरपालिकाका विभिन्न वडाका केही पोल्ट्री फार्ममा बर्डफ्लु देखिएपछि नियन्त्रणका लागि यो कदम चालिएको हो। पशु चिकित्सकका अनुसार मरेका कुखुरा खुला ठाउँमा फाल्दा काग र जंगली चरामार्फत रोग थप फैलिएको हुनसक्ने अनुमान गरिएको छ।
अधिकारीहरूले परीक्षण, निगरानी र कुखुराको ओसारपसार नियन्त्रण कडाइका साथ भइरहेको बताएका छन्। साथै, पोल्ट्री फार्ममा सरसफाइ, बायोसेक्युरिटी र अनावश्यक व्यक्तिको प्रवेश रोक्न आग्रह गरिएको छ।
सीमा चेकपोस्टहरूमा पनि कुखुराको अवैध ओसारपसार रोक्न निगरानी बढाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे