
काठमाडौँ । उच्च हिमाली क्षेत्रमा ट्रेकिङ गर्ने विदेशी पर्यटकको नक्कली उद्धार ९फेक रेस्क्यू० गरेर बीमा रकम ठगी गर्ने काममा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ८८नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो८८ले पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा यस्ता गैरकानुनी काम गर्ने ट्रेकिङ कम्पनी र उड्डयन क्षेत्रका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार माउन्टेन रेस्क्यू सर्भिस, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिसले नक्कली कागजात, मेडिकल रिपोर्ट र बिल बनाएर बीमा रकम दाबी गर्ने गरेका थिए।
पक्राउ पर्नेमा धादिङका सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे