
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई ९हर्क साम्पाङ०ले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन माग गरेका छन् ।
बैठक सुरु हुनेबित्तिकै उनले उभिएर विरोध जनाउँदै प्रधानमन्त्री संसद्मा नआएको भन्दै प्रश्न उठाए । उनले प्ले कार्डसमेत देखाएर प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न माग गरे ।
सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि उनले आफ्ना कुरा राख्दै नियम अनुसार प्रधानमन्त्रीलाई संसद्मा जवाफदेही बनाउनुपर्ने बताए । उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसके आफूलाई नै सदनबाट निकाल्नुपर्ने तर्क पनि गरे ।
उनका अनुसार सभामुखले नियमावली अनुसार प्रधानमन्त्रीलाई उपस्थित गराउन नसके संसद्को गरिमा कमजोर हुन्छ । त्यसैले या त प्रधानमन्त्री सदनमा आउनुपर्ने वा आफूलाई सदनबाट हटाउनुपर्ने उनको माग थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे