
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२र८३ मा नेपालको अर्थतन्त्रको आकार करिब ६६ खर्ब ९ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरेको छ । अर्थमन्त्री डा। स्वर्णीम वाग्लेले संघीय संसद्का दुवै सदनमा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार यस वर्ष आर्थिक वृद्धि दर ३।८५ प्रतिशत रहने अनुमान गरिएको छ । गत वर्ष यो दर ४।४३ प्रतिशत थियो । विश्व अर्थतन्त्रको अनिश्चितता र बाह्य समस्याका कारण वृद्धि केही सुस्त हुने देखिएको छ ।
नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा निकै उच्च छ, कुल गार्हस्थ उत्पादन ९जीडीपी० को करिब ९०।३ प्रतिशत उपभोगमै खर्च हुने अनुमान छ । यसमा निजी क्षेत्रको हिस्सा सबैभन्दा धेरै ९१।२६ प्रतिशत छ ।
क्षेत्रगत रूपमा सेवा क्षेत्रले ६१।८१ प्रतिशत योगदान दिएको छ भने कृषि क्षेत्रको हिस्सा घटेर २४ प्रतिशतमा झरेको छ । प्रदेशगत रूपमा बागमती प्रदेशले सबैभन्दा बढी ३६।७ प्रतिशत योगदान दिइरहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४।२ प्रतिशत छ ।
औसत प्रतिव्यक्ति आय १,५१३ अमेरिकी डलर पुग्ने अनुमान छ । तर प्रदेशअनुसार ठूलो असमानता छ—बागमतीमा २,६४४ डलर हुँदा मधेश प्रदेशमा ९३४ डलर मात्र रहने अनुमान गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे