
काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई सजिलै कन्सुलर सेवा दिन ‘मोफा मित्र’ नामको नयाँ मोबाइल एप सञ्चालनमा ल्याएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार उक्त एप सार्वजनिक गरेका हुन् ।
अब विदेशमा रहेका नेपाली र उनीहरूका परिवारले यही एपमार्फत अनलाइन गुनासो दर्ता गर्न, सहायता माग्न र नेपाली दूतावास वा नियोगसँग सजिलै सम्पर्क गर्न सक्नेछन् ।
सरकारका अनुसार विदेशमा रहेका नेपालीको सही तथ्याङ्क नहुँदा उद्धार र सहयोगमा समस्या भइरहेको थियो । त्यसैले अब विभिन्न निकायबाट विवरण सङ्कलन गर्ने काम पनि सुरु गरिएको छ ।
मन्त्री खनालले करिब ५० लाख नेपाली विदेशमा रहेको उल्लेख गर्दै अप्ठ्यारो पर्दा कहाँ सम्पर्क गर्ने भन्ने समस्या हटाउन एप ल्याइएको बताए । एपमार्फत गुनासो दर्ता गरेपछि त्यसको अवस्था ट्रयाक गर्न पनि सकिनेछ ।
साथै सरकारले कन्सुलर सेवालाई पूर्ण रूपमा डिजिटल बनाउन काम गरिरहेको जनाएको छ । हाल अनलाइन सेवा देशभरका धेरै स्थानीय तह र विदेशस्थित नेपाली नियोगमा विस्तार भइसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे