
काठमाडौँ । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को ७९औँ सभामा भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुक र नेपालकी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबीच भेटवार्ता भएको छ ।
भेटमा दुवै देशले समान स्वास्थ्य चुनौती सामना गरिरहेको भन्दै त्यसको समाधानका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । उनीहरूले स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी, समावेशी र जनमुखी बनाउन मिलेर काम गर्ने विषयमा छलफल गरेका छन् ।
दुवै देशबीच स्वास्थ्य क्षेत्रमा सहयोग बढाउने सहमति समेत भएको मन्त्रालयले जनाएको छ । यसअघि मन्त्री मेहताले उक्त सभामा भारत र चीनका स्वास्थ्य मन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे