२०८१ जेष्ठ १, मंगलबार
काठमाडौँ , १२ वैशाख | कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर बुधबार स्वदेश फर्किएका हुन् ।
उनलाई राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ,सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे ।
सो अवसरमा नेपाली सेनाको टोलीले थानीलाई सलामी अर्पण गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे