
काठमाडौँ । नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ। समूह ‘डी’ अन्तर्गत भएको खेलमा नेपालले भुटानलाई ५१ रनले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।
पहिले ब्याटिङ गरेको नेपालले १९।५ ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो। सिता रानामगरले सर्वाधिक ३७ रन, रुबिना क्षेत्रीले २४ रन र अन्य खेलाडीले सानो योगदान दिए। भुटानका बलरले राम्रो प्रदर्शन गर्दै तीन–तीन विकेट पनि लिए।
जवाफमा ११५ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर केवल ६२ रन मात्र बनाउन सक्यो। देन्छि वाग्मोले ३९ रन बनाए पनि अन्य खेलाडीले खासै योगदान दिन सकेनन्। नेपालका रुबिना क्षेत्रीले ३ विकेट लिए।
नेपालले अब समूहको अन्तिम खेलमा शनिबार हङकङसँग खेल्नेछ। नेपाल लगातार दुई जितसहित एक खेल अगावै क्वार्टरफाइनलमा पुगेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे