
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै पाँच जना नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। नयाँ मन्त्रीमध्ये चार जना नेकपा (एमाले) र एक जना जनता समाजवादी पार्टी (जसपा) बाट छन्। एमालेका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाइएको छ। यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएका आदेशकुमार अग्रवालको स्थानमा अहिरलाई नियुक्त गरिएको हो। संविधानको व्यवस्था अनुसार मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। नवनियुक्त मन्त्रीहरूले जेठ २५ गते सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे