
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक कर्जा दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका प्रमुख ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ। उनलाई कलेज परिसरबाटै बुधबार पक्राउ गरिएको हो। प्रहरीले जनाए अनुसार पाण्डेले महोत्तरीको बर्दिबासमा एक शेल कम्पनी खडा गरी प्रभु बैंकबाट कर्जा लिएका थिए।
तर, कम्पनीको आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै धितोको मूल्य बढी देखाएर कर्जा स्वीकृत गराइएको अनुसन्धानमा खुलेको छ। लिएको कर्जा तोकिएको काममा प्रयोग नगरी अन्य क्षेत्रमा लगानी गरिएको पनि आरोप छ। पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्षसमेत हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे