
ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले जातीय भेदभाव र छुवाछुत अन्त्य गर्न कानुनमा आवश्यक संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले समाजमा अझै पनि विभेद र हिंसा रहेको बताइन्।
मन्त्री वादीका अनुसार अहिले प्रत्यक्ष होइन, अप्रत्यक्ष र सामाजिक सञ्जालजस्ता डिजिटल माध्यमबाट पनि दलित समुदायमाथि विभेद भइरहेको छ। उनले सामाजिक न्याय बिना लोकतान्त्रिक समाज सम्भव नहुने बताइन्। साथै, दलित समुदायका महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सरकारले काम गरिरहेको जानकारी दिइन्। सरकारले प्रशासनिक सुधार योजनामा पनि दलित समुदायको सामाजिक–आर्थिक विकासलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे