२०८० आश्विन १४, आईतबार
क्यानडा अध्ययन गर्न जान चाहने बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेका शैक्षिक परामर्श ब्याबसायीहरूलाई स्टडी इन क्यानडा, क्यानडियन एजुकेशन सिस्टम, पोष्ट प्यान्डामीक सिच्वेसन र युनिभर्सिटी क्यानडा बेष्टका बारेमा जानकारी गराउने उद्देश्यले नोभेम्बर २५ तारिख काठमाडौंको एभरेष्ट होटलमा एक एजेन्ट मिटको आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डे, स्टडी इन क्यानडा सम्बन्धी परामर्श ब्याबसायीहरू र प्रत्रकारहरूको बाक्लो उपस्थित रहेको थियो।
उपस्थित शैक्षिक परामर्श ब्याबसायीहरूलाई लक्षित गर्दै युनिभर्सिटी क्यानडा बेष्टकी रिजनल डाइरेक्टर इन्टरनेश्नल डिपाट्मेन्ट मिस नेच्छ्या वेरावटले पावरपोइन्ट मार्फत स्टडी इन क्यानडा, क्यानडियन एजुकेशन सिस्टम, पोष्ट प्यान्डामीक सिच्वेसन र युनिभर्सिटी क्यानडा बेष्टका बारेमा जानकारी गराउनु भएको थियो।
त्यसैगरी जानकारीकै क्रममा युनिभर्सिटीका नेपालका लागि बिजिनेस डेभलपमेन्ट मेनेजर मिस्टर नेत्र कोइरालाले युनिभर्सिटी क्यानडा वेष्टका बारेमा र प्रोसेसीङमा रहेका दुविधामा आफू समाधान गर्न सदैव तत्पर रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
शैक्षिक परामर्श ब्याबसायीको प्रतिनिधित्व गर्दै कङ्गारू एजुकेशन कन्सल्टेन्सीका फाउन्डर सिइओ महेश बाबु तिमल्सिनाले युनिभर्सिटीलाई पोष्ट प्यान्डामीक सिच्वेसन लाई मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गरेको मा धन्यबाद ब्यक्त गर्नु भएको छ ।
कार्यक्रमको अन्तमा उपस्थित एजेन्टहरूलाई एजेन्ट सर्टिफिकेट प्रदान गरिएको थियो। कोरोनाको महामारीको जोखिम कम भए सँगै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूले बजार लाई पुन पुरानै अवस्थामा फर्काउन यस्ता जानकारी मुलुक कार्यक्रमहरू प्रस्तुत गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे