२०८० आश्विन १७, बुधबार
काठमाडौं– सत्यम् शिवम् कन्सट्रक्सनका दुईजना सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ ।
विभागले १ करोड १ लाख ५२ हजार ३८६ रुपैयाँ माग दाबी गर्दै उक्त कम्पनीका सञ्चालकहरु रामकुमार प्याकुरेल र संगीताकुमारी झाविरुद्ध उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको जनाएको छ ।
उक्त कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी मूल्य अभिवृद्धिकर बिजक किनेर मूल्य अभिवृद्धि कर र आयकर गरी ५० लाख ७६ हजार १९३ रुपैयाँ राजस्व चुहावट गरेको विभागको दाबी छ ।
उनीहरुविरुद्ध विभागले ५० लाख ७६ हजार १९३ रुपैयाँ बिगो कायम गरी बिगो र सो बराबर जरिवाना समेत गरी एक करोड एक लाख ५२ हजार ३८६ रुपैयाँ असुल गरी ३ वर्षसम्म कैद सजाय माग गरी अभियोगपत्र दायर गरेको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे