२०८० आश्विन १७, बुधबार
काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट सेयरधनीलाई बोनस सेयर दिने भएको छ । बोनस सेयरका लागि तिर्नुपर्ने करका लागि नगद लाभांश पनि वितरण गर्ने बैंक सञ्चालक समितिले निर्णय गरेको छ ।
बैंकले हाल कायम चुक्ता पुँँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
असोज १९ गते मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरणको निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
हाल यो बैंकको चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ छ । १० प्रतिशत बोनस सेयरपछि चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँ कायम हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे