• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

९ घण्टा अघि
२

सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने

१३ घण्टा अघि
३

एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र

१३ घण्टा अघि
४

मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति

१६ घण्टा अघि
५

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

१८ घण्टा अघि
६

आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना

१९ घण्टा अघि
७

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

१ दिन अघि
८

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

१ दिन अघि
९

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१ दिन अघि
१०

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

२ दिन अघि
११

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

२ दिन अघि
१२

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (३ साल अघि)

सप्तरी २ : दुई पार्टी अध्यक्षबीचको प्रतिस्पर्धा रोचक बन्दै

  • 2,497 Views
  • सप्तरी , १ मंसिर । सप्तरी क्षेत्र २ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । मधेसवादी पृष्ठभूमिका दुई पार्टीका अध्यक्ष र गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको हो ।

    यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमाले–जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका नेता जयप्रकाश ठाकुरसहित १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा अध्यक्षद्वय यादव, डा राउत र ठाकुरबीच रोचक प्रतिपस्पर्धा हुने अनुमान गरिएको छ ।

    प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा तीनै उम्मेदवार चुनावी प्रचारप्रसार सामग्रीसहित मत आ–आफ्नो पक्षमा पार्न घरदैलोमा व्यस्त हुनुहुन्छ । गत २०७४ सालको निर्वाचनमा यसै क्षेत्रमा निर्वाचित जसपा अध्यक्ष यादव आफ्नो जितलाई दोहर्याउने दाउमा छन् भने डा राउत र ठाकुरले यादवलाई पराजित गरेर आ–आफ्नो जित सुनिश्चित गर्ने योजनामा छन् ।

    यतिबेला बिहान र बेलुका चिया गफमा समेत ठाकुर, यादव र डा राउतबीच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा छ । पार्टी सङ्गठनको अवस्था, राजनीतिक गठबन्धन, जातीय समीकरण र राजनीतिक प्रभावका हिसाबले तीनै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषक रामनारायण यादवले बताए ।

    गत २०७४ सालको निर्वाचनमा तत्कालीन राजपा, नेपाली कांग्रेससमेतको साथ पाएर निर्वाचित भएका यादवले अहिले ती हुबै पार्टीको साथ गुमाएका छन् भने एमालेको साथ पाएका छन् । चुनावी प्रतिस्पर्धामा रहनुभएका जसपा अध्यक्ष यादवले पार्टी सङ्गठन बलियो रहेको र आफूले सप्तरीमा गरेको विकास निर्माण कार्यका कारण आफूले जित्ने दाबी गरेका छन्।

    “मैले गरेको विकास निर्माण कार्य र राजनीतिक भूमिकाका कारण मेरो कसैसँग प्रतिस्पर्धा छैन”, अध्यक्ष यादवले भने, “पाँच वर्षमा विकास निर्माणका धेरै आधार खडा गरेका छौैँ, त्यसैले जनताले फेरि पनि मलाई नै मत दिएर विजयी बनाउँछ ।”

    आफ्नो कार्यकालमा विभिन्न सडक सञ्जालको निर्माण, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास, नर्सिङ कलेज, कृषि विश्वविद्यालय, गजेन्द्र नारायण सिंह अस्पतालमा सुधारलगायतको काम अघि बढेकाले मतदाताले फेरि पनि अवसर दिने अध्यक्ष यादवको दाबी छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको तमका आधारमा मजबुत देखिएको पाँच दलीय गठबन्धनका उम्मेदवार ठाकुरले यसक्षेत्रमा गठबन्धन मजबुत रहेको, सधैँ जनताको बीचमा रहेर निरन्तर काम गरेको र शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा योगदान रहेकाले आफूले चुनाव जित्ने दाबी गरेका छन्।

    “म जनतासँग नजिक भएर काम गरेको र उहाँहरुको सदैव सेवा गरेको आधारमा पनि मेरो बलियो स्थिति छ”, ठाकुरले भने, “गठबन्धन पनि एक ढिक्का छ, त्यसैले जित सुनिश्चित छ ।” दुई ठूला गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर जित सुनिश्चित गर्ने दाउमा रहेका जनमत अध्यक्ष डा राउतले पुराना नेताबाट जनता दिक्क भइसकेकाले अब निर्वाचनमा मतदाताहरुले आफूलाई विजयी बनाउने दाबी गरे । पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका डा राउतले पहिलो प्रयासमै आफू सफल हुने बताए ।

    “बूढापाकाको आशीर्वाद र युवाको जोश, जाँगर र ऊर्जाका कारण म उत्साहित छु”, डा राउतले भने, “पुराना नेताबाट जनता दिक्क भइसकेका छन्, मतदाता नयाँलाई अवसर दिन चाहिरहेका छन् ।” त्यसैले म चुनाव जित्छु भनेमा ढुक्क छु उनको भनाइ थियो ।

    कूल ९५ हजार तीन सय ४४ मतदाता रहेको यस क्षेत्रमा सप्तरी सदरमुकाम राजविराजसहित महदेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका पर्दछ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई जोड्दा पाँच दलीय गठबन्धन बलियो देखिएको छ ।

    यस क्षेत्रमा पाँच दलीय गठबन्धनको मत ३७ हजार तीन सय ७३ छ भने एमाले–जसपा गठबन्धनसँग १९ हजार ७५ मत र जनमत पार्टीको तीन हजार दुई सय ७१ मत छ । यस क्षेत्रमा पर्ने राजविराज नगरपालिकाको प्रमुख उपप्रमुखमा जसपाले जित हात पर्दा महादेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा लोसपा तथा तिलाठी कोइलाडीमा कांग्रेसले जित हात पारेको थियो ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै
    ९ घण्टा अघि

  • २

    सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने
    १३ घण्टा अघि

  • ३

    एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र
    १३ घण्टा अघि

  • ४

    मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति
    १६ घण्टा अघि

  • ५

    ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो
    १८ घण्टा अघि

  • ६

    आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना
    १९ घण्टा अघि

  • ७

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    १ दिन अघि

  • ८

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    १ दिन अघि

  • ९

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १ दिन अघि

  • १०

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ४

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ५

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution