• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २०, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाको उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

१२ घण्टा अघि
२

तुइन खोलामा ढुङ्गासहितको पहिरो, एकतर्फी मात्रै गाडी सञ्चालन

१७ घण्टा अघि
३

‘विकासको नाममा असमानता अस्वीकार्य’—सीके राउतको सरकारमाथि प्रश्न

१७ घण्टा अघि
४

ऐलानी जग्गामा सांसद खनालको घर, सामाजिक सञ्जालमा डोजर चलाउन माग

१७ घण्टा अघि
५

सरकारी रेकर्डले खोल्दै सुकुम्वासीको सत्य, देशभर छानबिन

१८ घण्टा अघि
६

प्रेस स्वतन्त्रता दिवसमा ऐक्यबद्धता र्‍याली, वार्षिक प्रतिवेदन सार्वजनिक

१८ घण्टा अघि
७

संस्थागत पुनर्संरचनातर्फ सरकार,१५३४ पदाधिकारी पदमुक्त हुने

१८ घण्टा अघि
८

अध्यादेशबारे कानुनमन्त्री गौतमको स्पष्टीकरण: अध्यादेश संसद्‌मै छलफलका लागि पेश हुन्छ

१८ घण्टा अघि
९

प्रेस स्वतन्त्रता दिवसमा थापाको सन्देश: सत्य लेख्न डर नहोस्

१८ घण्टा अघि
१०

आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकारको योगदानको सम्मान

१८ घण्टा अघि
११

राजनीतिक नियुक्ति पाएका १५९४ जना पदमुक्त हुँदै

१९ घण्टा अघि
१२

रास्वपाको सचिवालय बैठक बस्दै

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ पौष २९, शुक्रबार (३ साल अघि)

धान उत्पादन घट्यो

  • 3,938 Views
  • काठमाडौँ,  पुस २९  । गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार यसपालि तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको छ ।

    गत वर्ष चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उब्जाउ क्षेत्र पनि घटेको पाइएको छ । अघिल्लो वर्ष एक लाख १२ हजार दुई सय २७ हेक्टरमा धान लगाइएकामा यस वर्ष जम्मा एक लाख छ हजार तीन सय ८० हेक्टर धानखेतीले ओगटेको थियो ।

    अन्य प्रदेशको तुलनामा यहाँ धानको उत्पादन र क्षेत्रफल दुवै घटेको तथ्याङ्कले देखाउँछ । देशभर समग्रमा धान उत्पादन बढ्दा गण्डकी प्रदेशमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिँदा उत्पादन घटेको प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।

    “खेतीयोग्य जग्गामा बजारीकरण तीब्र छ, जग्गा बाँझिने क्रम पनि उस्तै छ, उत्पादन घट्नुको मुख्य कारण यही हो”, उहाँले भन्नुभयो, “प्लटिङले गर्दा कति उब्जाउ जमिन नासियो, कति ठाउँमा सडक बन्यो, यसको एकिन तथ्याङ्क भने हामीसँग छैन ।” प्रमुख रेग्मीले हेर्दाहेर्दै धान फल्ने ठूल्ठूला फाँट बस्तीले ढाकेको बताउनुभयो ।

    खेती गर्ने जमिनमा धमाधम घर ठड्याउने प्रवृत्तिले देशलाई खाद्यान्नमा झन्झन् परिनिर्भर बनाउँदै लाने उहाँको भनाइ छ । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने प्रमुख रेग्मीले बताउनुभयो ।

    “प्रतिकूल मौसम, मल अभाव, कमसल बीउबिजन जस्ता कारणले पनि उत्पादन घट्छ, सबै प्रदेशमा धान उत्पादन बढ्दा गण्डकीमा घट्नुले हामीलाई पनि सोचनीय बनाएको छ”, उहाँले भन्नुभयो, “हाम्रोतिर उन्नतभन्दा बढी स्थानीय जातकै धान लगाइने हुँदा त्यसले पनि उत्पादनमा कमी ल्याउँछ ।”

    यस वर्ष किसानले रोपाइँका बेला रासायनिक मल नपाएको गुनासो गरेका थिए । धानमा फूल खेल्ने समयमा भएको बर्सातले पनि क्षति पु¥याएको थियो । बागलुङ नगरपालिका–३ का अगुवा किसान वैकुण्ठ सापकोटाले १८÷१९ मुरी धान फल्ने खेतबाट यस वर्ष जम्मा १० मुरी धान भित्र्याएको बताउनुभयो ।

    त्योबाहेक रोककिरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानलाई सधैँ चुनौती रहेको उहाँको भनाइ छ । “बीउ राम्रो भयो, खेतीले मलदेखि राम्रो स्याहारसुसार पायो भने फल पनि बढी दिन्छ”, सापकोटाले भन्नुभयो, “बीउबिजन, खेतीको सीप र प्रविधिमा राज्यले पनि किसानलाई सघाइरहनुपर्छ ।”

    धानको उत्पादकत्व भने यस वर्ष सबै प्रदेशमा बढेको पाइएको छ । गण्डकीमा पनि एक दशमलव ५५ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ । उन्नत जातका बीउबिजनको प्रयोग, खेती प्रणालीमा सुधारजस्ता कारणले उत्पादकत्व बढ्ने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

    उहाँका अनुसार बागलुङमा यस वर्ष पाँच प्रतिशतले धान उत्पादन घटेको छ । बेमौसमी बर्सातले धान बालीमा क्षति पुग्दा उत्पादन घटेको प्रमुख भट्टराईले बताउनुभयो । गण्डकी प्रदेशमा बागलुङको गलकोट र बलेवा, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार र वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी र मध्यबिन्दु, पर्वतको फलेवासलगायत क्षेत्र बढी धान उत्पादन हुने ठाउँ हुन् ।

    यहाँका किसानले राम, सुनौलोसुगन्धा, लोकतन्त्र, खुमल, सुधारिएको जेठोबुढोलगायत स्थानीय जातको धानखेती गर्दै आएका छन् । वर्षे र चैते गरी दुई याममा धानखेती हुने गरेको छ ।

    धान कम उत्पादन हुनेमा गण्डकीपछि बागमती प्रदेश छ । बागमतीमा एक दशमलव ४५ प्रतिशतले उत्पादनमा कमी आएको हो । गत वर्ष पाँच लाख सात हजार सात सय ८९ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष घटेर पाँच लाख चार सय ४६ मेट्रिक टनमा सीमित बनेको छ । बाँकी पाँचवटै प्रदेशमा भने धान उत्पादन बढेको मन्त्रालयले जनाएको छ ।

    सबैभन्दा बढी सूदुरपश्चिम प्रदेशमा ३३ दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको छ । सूदुरपश्चिममा गत वर्ष चार लाख ४१ हजार नौ सय १३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष बढेर पाँच लाख ८९ हजार दुई सय २१ पुगेको छ ।

    सबैभन्दा कम कर्णाली प्रदेशमा एक लाख २९ हजार चार सय ७३ मेट्रिक टन धान फलेको छ । गत वर्षको तुलनामा भने कर्णालीमा पनि यस वर्ष तीन दशमलव ४६ प्रतिशतले धान उत्पादन बढेको हो । गत आवमा जम्मा एक लाख २५ हजार एक सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    देशभरमा कूल ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिक टन धान उत्पादन भएको छ । सो अघिल्लो वर्षको भन्दा छ दशमलव ९४ प्रतिशतले बढी हो । गत वर्ष ५१ लाख ३० हजार छ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    धान उत्पादन बढे पनि खेती हुने क्षेत्र भने दुई प्रतिशतले घटेको पाइएको छ । गत वर्ष १४ लाख ७७ हजार तीन सय ७८ हेक्टर रहेकामा यो वर्ष १४ लाख ४७ हजार सात सय ८९ हेक्टरमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।  रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपाको उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य
    १२ घण्टा अघि

  • २

    तुइन खोलामा ढुङ्गासहितको पहिरो, एकतर्फी मात्रै गाडी सञ्चालन
    १७ घण्टा अघि

  • ३

    ‘विकासको नाममा असमानता अस्वीकार्य’—सीके राउतको सरकारमाथि प्रश्न
    १७ घण्टा अघि

  • ४

    ऐलानी जग्गामा सांसद खनालको घर, सामाजिक सञ्जालमा डोजर चलाउन माग
    १७ घण्टा अघि

  • ५

    सरकारी रेकर्डले खोल्दै सुकुम्वासीको सत्य, देशभर छानबिन
    १८ घण्टा अघि

  • ६

    प्रेस स्वतन्त्रता दिवसमा ऐक्यबद्धता र्‍याली, वार्षिक प्रतिवेदन सार्वजनिक
    १८ घण्टा अघि

  • ७

    संस्थागत पुनर्संरचनातर्फ सरकार,१५३४ पदाधिकारी पदमुक्त हुने
    १८ घण्टा अघि

  • ८

    अध्यादेशबारे कानुनमन्त्री गौतमको स्पष्टीकरण: अध्यादेश संसद्‌मै छलफलका लागि पेश हुन्छ
    १८ घण्टा अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा थापाको सन्देश: सत्य लेख्न डर नहोस्
    १८ घण्टा अघि

  • १०

    आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकारको योगदानको सम्मान
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

    नेपाल नक्सा
    २

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

    नेपाल नक्सा
    ३

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    ४

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

    नेपाल नक्सा
    ५

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ६

    नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution