२०८० आश्विन १७, बुधबार
काठमाण्डौँ । आज ४६ औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । भारतमा आठ वर्ष लामो प्रवासपछि नेपाली कांग्रेसका शीर्षस्थ नेताहरु वी.पी. कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, निलाम्बर पन्थी, खुमबहादुर खड्कालगायत २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिन पुस १६ लाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो ।
त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए । तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए ।
जननायक बीपी कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको भएको यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको कांग्रेस नेताहरुले बताउँछन् । राष्ट्रिय एकता, लोकतन्त्र र दिगो शान्ति कांग्रेसको प्रमुख एजेण्डा रहेको उनीहरुको भनाई छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे