२०८० आश्विन १४, आईतबार
काठमाडौ । डेपुटी निलम ढुंगाना तिम्सिनालाई सरकारले असोज ६ गतेदेखि कायममुकायम मुकर्रर गरे पछि राष्ट्रबैंकको प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाएकी छन् । नेपालको इतिहासमै पहिलो पटक नेपाल राष्ट्र बैंकमा डेपुटी रहेर महिलाले बैकको पनि बैक राष्ट्र बैकको गर्भनरका हैसियतले काम गर्ने प्राय सबै अधिकार प्रयोग गर्न पाउने गरि एक जना महिला पहिलो पटक महिला कायममुकायम गभर्नर बनेकी हुन ।
अर्थ मन्त्रालयको पत्रमा महाप्रसाद अधिकारी आफ्नो जिम्मेवारीमा स्वास्थ भएर नआएसम्मको लागि निलम ढुंगाना तिम्सिनले नै कायममुकायम रहि जिम्मेवारी सम्मालने छिन। हाल
गभर्नर महाप्रसाद अधिकारी असोज ५ गतेको परीक्षणमा पोजिटिभ देखिएपछि आराममा छन। । उनकै पहलमा डेपुटि निलमलाई मन्त्री स्तरीय निर्णगबाट कायममुकायम मुकरर गरिएको हो सामान्य अवस्थामा गर्भनर देश भित्र रहदाँसम्म जुनसुकै अवस्थामा पनि कायममुकायम दिने प्रणली छैन।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३१ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ । जसमा गभर्नरले बैंकको काम सुचारुरुपले सञ्चालन गर्न ऐनबमोजिम प्राप्त गरेको अख्तियारी डेपुटी गभर्नर वा बैंकका अन्य कर्मचारीहरुलाई सुम्पन सक्नेछ भनेर लेखिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे