
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलेआज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । यसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । विश्वासको मतअघि मधेशको राजनीतिक समीकरण पनि फेरिएको छ । जसपा नेपाललाई सरकारबाट बाहिर निकालेर एमालेलाई सरकारमा ल्याइएको छ । जसपा नेपालका तीन मन्त्री हटाइएका छन् भने एमालेका मोहम्मद समिर विनाविभागीय मन्त्री बनेका छन् ।
अब मधेशमा काँग्रेस, एमाले र नेकपाको नयाँ गठबन्धन बनेको छ । १०७ सदस्यीय प्रदेश सभामा सरकार टिकाउन ५४ मत चाहिन्छ भने नयाँ गठबन्धनसँग ६१ सांसदको समर्थन रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे