
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट नेपाली कागजको फाइलमा लिएर मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका छन्। बजेट प्रस्तुत गर्ने परम्परागत शैलीभन्दा फरक रूपमा यसपटक कागजी फाइल प्रयोग गरिएको हो।
यसअघि बजेट तथा महत्वपूर्ण आर्थिक दस्तावेजहरू रातो सुटकेस वा विशेष झोलामा प्रस्तुत गर्ने अभ्यास रहँदै आएको थियो। तर यसपटक अर्थमन्त्री वाग्लेले नयाँ प्रस्तुती शैली अपनाउँदै बजेट सामग्रीलाई नेपाली कागजको फाइलमा व्यवस्थित गरी बैठकमा प्रवेश गरेका हुन्।
यसअघि सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण पनि नेपाली कागजको आवरणमा तयार पारिएको थियो, जसलाई सरकारी दस्तावेज प्रस्तुत गर्ने शैलीमा नयाँ अभ्यासका रूपमा लिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे