
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले डाक्टर नभएर पनि ‘डा.’ उपाधि प्रयोग गर्ने तथा भ्रामक विज्ञापन गर्ने व्यक्तिहरूविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले यस्तो गतिविधिले जनस्वास्थ्यमा असर पारेको भन्दै सचेत गराएको हो ।
काउन्सिलका अनुसार काउन्सिलमा दर्ता भएका चिकित्सकले मात्र ‘डा.’ उपाधि प्रयोग गरी उपचार, परामर्श र औषधि सिफारिस गर्न पाउँछन् । तर पछिल्लो समय केही गैरचिकित्सकले पनि अस्पताल, क्लिनिक र सामाजिक सञ्जालमा डाक्टर बनेर काम गरिरहेको भेटिएको छ ।
त्यस्ता व्यक्तिलाई १५ दिनभित्र सबै कागजात, साइनबोर्ड र सामाजिक सञ्जालबाट ‘डा.’ उपाधि हटाउन निर्देशन दिइएको छ । नभए कानुनअनुसार मुद्दा चलाइने र जरिवाना वा कैद हुन सक्ने काउन्सिलले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे