२०८० आश्विन १४, आईतबार
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा लगायत दुई देशबीचमा थाँती रहेको विषयलाई कुटनैतिक माध्यमबाट ट्रुङ्गयाउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडक सहितका संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति नेकपा एमालेको गम्भीर ध्यानकर्षण भएको छ।
नेपालको सार्वभौमसत्ता, भोगोलिक अखण्डता र स्वाभिमामाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल वन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ,वार्ताको माध्यमबाट यस विषयलाई अविलम्व टुङ्गयाइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना वनाइनुहुन्न भन्ने नेकापा एमालेको अविचलित मान्यता छ।
केहि समय यता भारत सरकारले नेपालको भुभागमा सडक विस्तार ,भु भाग निरीक्षण लगायतका गतिविधि गदै आएकोमा यस अघि नेपाल सरकारको पक्षबाट यस प्रकृतिको भारतिय विस्तारवादमा नेपाल राष्ट्र र राष्ट्रियता माथिको हमलामा सरकारी, राजनैतिक पाटी, केहि नेता बाहेक, शिर्ष नेता ,कार्यकर्ता,सामाजिक अभियान्त एवमं स्थानिय स्तरबाट समेत कुनै पनि आधिकारीक पहल र चासो देखिएको छैन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे