२०८० आश्विन १४, आईतबार
नेकपा माओवादी पार्टी संग आस्था राख्ने शैक्षिक परामर्श व्यवसायीहरूले व्यवसायिक हित प्रवर्द्धनका लगि नयाँ राजनीतिक संगठन निर्माण गरेका छन् ।
नेकपा माओबादी केन्द्र उद्यमि व्यवसायी महाशाखा अन्तर्गत शैक्षिक परामर्श साखा कमिटी गठन गरेका हुन् । आज सम्पन्न नेकपा माओबादी केन्द्र उद्यमि व्यवसायी महाशाखा अन्तर्गत शैक्षिक परामर्श साखा कमिटी/ उपशाखाको प्रथम भेला बाट सर्बसम्मत रुपमा निर्बाचित हुनुहुनेमा शाखा अध्यक्ष, युवराज कटुवाल, उपाध्यक्षहरु क्रमश रमेश वाग्ले, अमित बाबू ढुङ्गाना र गिता रिजाल, सचिबमा भवनाथ हुमागाई सहसचिबमा किशोर दुलाल र कोषाध्यक्षमा प्रकाश पुन लगायत सदस्य्हरु चयन भएका छन्।
साथै उपशाखा अध्यक्षहरुमा ज्ञानेन्द्र मान जोशी र गौतम पुडासैनी रहेका छन्। व्यवसायीको हकहित प्रवर्द्धन र क्षमताको विकास गराउने उद्देश्यका साथ उक्त शाखानिर्माण गरिएको शाखा अध्यक्ष, युवराज कटुवालले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे