२०८० मंसिर २१, बिहिबार
काठमाडौँ । ७३ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस नेपालमा साताब्यापी रुपमा मनाइने भएको छ । सोको जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा ‘विधिको शासन कायम गरौ, मानव अधिकारको सम्मान गरौँ ‘ भन्ने मुल नाराका साथ नेपालमा १३ औँ राष्ट्रिय सम्मेलन मंसिर २२ देखी २८ गतेसम्म हुन लागेको हो ।
मानव अधिकारको संरक्षण, सम्वद्र्धन र विकास गर्न, लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्दे विधिको शासन स्थापीत गर्न तथा राज्यलाई नागरिक प्रति जवाफदेही र उत्तरदायी बनाउनु यस भेलाको उदेश्य रहेको आयोजकले बताएको छ ।
नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुसाशन र दिगो विकासका पक्षमा क्रियाशील नागरीक संघसंस्था, मानव अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा सन २००९ देखी प्रत्येका बर्ष मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रम हुदै आइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे