२०८० आश्विन ११, बिहिबार
काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षाफल प्रकाशित गरेको छ । आज ९ बजे बसेको बोर्डको बैठकपछि नतिजा सार्बजनिक गरीएको हो ।
बोर्डका अनुसार ७ हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन् भने ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ ।
यस्तै, ७० हजार १ परीक्षार्थीले ‘बी प्लस’ ग्रेड ल्याएका छन् भने ९९ हजार ५३७ ले ‘बी’ ग्रेड ल्याएका छन् ।
नतिजा केही समयमा बिभिन्न बेवसाइट र एसएमएस मार्फत हेर्न सकिनेछ ।
गएको भदौ ३० देखी असोज ८ गतेसम्म कक्षा १२ को परिक्षा सम्पन्न भएको थियो । परिक्षामा देशभरका ३ लाख ७४ हजार परिक्षार्थी सहभागी थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे