२०८० आश्विन १७, बुधबार
सिरहा । सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिए पछि सिरहा जिल्लामा प्रहरी र प्रदर्शनकारी विच तनाव बढेको छ।
सिके राउत नेतृत्वको जनमत पार्टीले पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको जनाएको थियो।
यातायात बन्दसहित आन्दोलन सुरु गरेपछि प्रशासनले पूर्व–पश्चिम राजमार्ग र सिरहा (चोहरवा) सडकखण्ड (बायाँ–दायाँ ५०० मिटर)मा आज बिहान ७ बजेदेखि बुधबार साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कावारीका अनुसार सवारी आवागमन सहज हुनेछ । प्रशासनले आदेश उल्लङ्घन गरे त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
राष्ट्रिय राजमार्गको पूर्वमा बलनखोलादेखि पश्चिममा कमला खोला र चोहरवादेखि सिरहा सडकखण्डतर्फ पिकेराज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) ५०० मिटरमा नोगो जोन कायम गरिएको छ ।
गहुँको बिउले उठाएको आन्दोलनमा , सिरहा जिल्लाभर आमहड्तालमा १३ भन्दा वढि सेल अश्रुग्यास प्रहार, १४ जना कार्यकर्ता पक्राउ, १ गाडीमा आगजनी, १६ गाडीमा तोडफोड, ३ जना प्रहरी घाईते, तीन र चार पटक दोहोरो झडपदर्जनवढी राउत कार्यकर्ता पनि घाईते सवा ३ सय प्रहरी परिचालन घटौं राजमार्ग अबरुद्ध प्रहरी स्कर्टिङवाट पूर्वपश्चिम कटाईयो ,शैक्षिक संस्था कल कारखाना व्यवसायिक र साधारण जनजिवनमै प्रभाव पेरेको छ।
साधारण दैनिकीमा नकारात्मक प्रभाव वढेपछि सिरहा वजारबाट नै आन्दोलनको आलोचना हुन थालिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे