
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो विकास बजेटको कम्तीमा १ प्रतिशत रकम विज्ञान, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा छुट्याउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान प्राप्त गर्न चाहने प्रदेश र स्थानीय तहहरूले बजेट बनाउँदा यो विषयलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
मन्त्री पुनका अनुसार देशको आर्थिक विकास र समृद्धिका लागि विज्ञान, प्रविधि, अनुसन्धान र नयाँ सोचमा लगानी बढाउनु आवश्यक छ। उनले संघीय, प्रदेश र स्थानीय सरकारसँगै आम नागरिकलाई पनि अनुसन्धान र नवप्रवर्तनको महत्व बुझाउन निरन्तर काम गर्ने बताएका छन्।
उनले देशको विकासलाई दिगो र प्रभावकारी बनाउन विज्ञान तथा प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे