२०८० आश्विन १७, बुधबार
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरुद्ध भइरहेकाले महत्वपूर्ण विधेयकहरु अघि बढाउन नसकिएको बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा महत्वपूर्ण बिधेयकहरु अघि बढाउनका लागि पनि संसद सूचारु हुनुपर्ने बताए ।
उनले लामो समय सदन अवरुद्ध हुदा बिभिन्न समस्या र कठिनाई भएको भन्दै संसद् सूचारु गर्न राजनीतिक सहमति आवश्यक रहेको उल्लेख गरे । नागरिकता सम्बन्धी विधेयक संसदबाट पास हुन नसक्दा जटिलता थपिँदै गएको भन्दै बिधेयकका बारेमा भएका असहमतिलाई सदनबाटै टुङ्गो लगाउनुपर्ने धारणा राखे ।
कुनै नागरिक अनागरिक हुन नसक्ने भन्दै उनले नागरिकता दिने दायित्व सरकारको भएको र यसमा देखिएका जटिलता फुकाउनका लागि पनि राजनीतिक दलहरुबीच सहमति हुनुपर्ने उल्लेख गरे ।
बैठकमा गृहसचिव टेकनारायण पाण्डेले नागरिकता सम्बन्धी समस्या अत्यन्तै जटिल रहेको भन्दै यसलाई चाँडोभन्दा चाँडो टुङ्गोमा पु¥याउनुपर्ने बताए । बैठकमा सभापति कृष्णभक्त पोखरेलले कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई नागरिकतासम्बन्धी विधेयक संसद बैठकमा पेश गर्न आग्रह गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे