
काठमाडौँ । बर्दिबास नगरपालिकाले अत्यधिक गर्मी र तातो हावा (लु) का कारण तीन दिनका लागि नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पछिल्ला दिनहरूमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेका छन्। धेरै विद्यालयमा जस्तापाताको छाना भएकाले कक्षाकोठा अत्यधिक तात्ने गरेको छ।
राष्ट्रिय माध्यमिक विद्यालय, पशुपतिनगरमा मात्रै दुई दिनमा २५ जना विद्यार्थी बेहोस भएका थिए। अन्य विद्यालयमा पनि यस्तै समस्या देखिएको छ। विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले सामुदायिक, निजी र धार्मिक गरी सबै ८२ विद्यालयमा तीन दिन बिदा दिएको जनाएको छ। यी विद्यालयमा २५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे