२०८० मंसिर १७, आईतबार
काठमाडौँ, २४ जेठ ।एलजीलाई नेतृत्व र ओलेड टिभी निरन्तर बजारमा प्रभुत्वको लागि मान्यता दिइएको छ ।
यस वर्ष उत्कृष्टता र ग्राहक अनुभव नवीनताको एक दशक मनाउँदै, एलजी ओलेड आफ्नो बेजोड कन्ट्रास्टका साथै परफेक्ट ब्ल्याक, ट्रु–टु–लाइफ कलरहरु, अभूतपूर्व लचकता र पातलोपनको माध्यमबाट प्रिमियम टिभी खण्डमा पहिलो प्राथमिकतामा रहन पुगेको छ ।
बजार अनुसन्धान फर्म ओम्डियाका अनुसार, कुल ढुवानीबाट बजारको लगभग ६०% प्रतिशत हिस्सा ओगटेर २०२३ को पहिलो त्रैमासिकमा एलजी ओलेड बजारमा अरु प्रतिस्पर्धी ब्राण्डहरु भन्दा अघि रहेर शीर्ष स्थानमा रहेको छ ।
१३० भन्दा बढी राष्ट्रहरुमा बिक्री भइरहेको एलजी ओलेड टिभी विश्व बजारमा सबैभन्दा धेरै ठाउँमा उपलब्ध ओलेड टिभी हो ।
गतवर्ष एलजीओलेड टिभीहरुको संचितकुल ढुवानी (२०१३ मा उपलब्ध भए देखि) १५ मिलियन एकाइको आँकडा नाघेको थियो जसकारण यस कोसेढुङ्गा पुग्ने एलजी पहिलो टिभी ब्राण्ड भएको छ ।
थप रुपमा, एलजीले पहिलो त्रैमासिकमा७० इन्च र माथिका अल्ट्रा–लार्ज ओलेड टिभीहरुको बजारको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।
कम्पनीले ९७ इन्चको एलजी सिग्नेचर ओलेड एम (मोडल एम ३) जस्ता इन्डस्ट्री–लिडिङ सोलुसन्सहरुको साथ अल्ट्रा–लार्ज प्रिमियम टिभी खण्डमा आफ्नो बलियो स्थितिलाई सुदृढ गर्दैछ, जुनमोडल विश्वकै पहिलो कन्ज्युमर टिभी हो जसले ४ के १२० हर्जसम्मको रियल–टाइम भिडियो र अडियो ट्रान्समिसन उपलब्ध गराउँदछ ।
पहिलो त्रैमासिकमाएलजीको ओलेड टिभी र एलसिडी टिभीको संयुक्त ढुवानी लगभग ५.५ मिलियनएकाइहरु थिए, जसमाओलेड टिभीको हिस्सा मात्र ७३८,००० एकाइथियो ।
यसबाहेक, एलजीले २०२३ को पहिलो त्रैमासिकमाआम्दानीको आधारमाविश्वव्यापी टिभी बजारको १७.१प्रतिशत हिस्साओगटेको छ ।
गतवर्षको यही त्रैमासिकको तुलनामाकम्पनीको विश्वव्यापी टिभी बजार हिस्सा थोरै घटेको छ ।
यसको प्रमुख कारण भनेको विश्वव्यापीबजारमाआएको मागको कमि र एलजीको स्टक रिस्क म्यानेजमेन्टमा प्राथमिकता बढेको नै हो ।
तैपनिएलजीओलेड टिभीको बिक्री सशक्त रहेको छ जुनकम्पनीको २०२३ को पहिलो त्रैमासिकमा टिभी बिक्रीको ३० प्रतिशतभन्दा बढी रहेको छ ।
पहिलो त्रैमासिकमाविश्वव्यापी टिभी ढुवानी घटेर ४६.५२ मिलियनएकाइपुगेको छ जुन २००९ को यही त्रैमासिकमा देखिएको थियो ।
यद्यपि, २०२३ को तेस्रो त्रैमासिकसम्ममायसमा सुधार आउनेमाओमिडा आशावादी रहेको छ र वर्षको अन्त्यसम्ममा ढुवानी बढेर २०५.५१ मिलियन एकाइ पुग्ने प्रक्षेपण गरेको छ, जुन पछिल्लो वर्षको तुलनामाथोरै बढी हुनेछ ।
ओलेड टिभी सेग्मेन्टले पनि यस वृद्धिको फाइदा उठाउने आशा रहेको छ ।
२०२२ मा ३६.७ प्रतिशत बजार हिस्सा रहेकोमा यस वर्षको अन्त्य सम्ममा ओलेड टिभीले प्रिमियम टिभी बजारको ४६.१ प्रतिशत राजस्वमा संकलन गर्ने ओमिडाले प्रक्षेपण गरेको छ ।
विगत केहीवर्ष देखि ओलेड टिभी बजारमा प्रतिस्पर्धा बढेकोले गर्दा ओलेड टिभीहरुको बजार बढ्ने आँकलन गरिएको छ ।
एलजीले विभन्न स्कृन साइजहरु – ४२ देखि ९७ इन्चसम्म ८ के र ४ के अप्सनहरु र छनौट गर्नको लागि प्रिमियम डिजाइनहरु सहितको ओलेड टिभीहरु बजारमा लिएर आएको छ ।सहज र सुविधायुक्त फिचरहरु रहेको एलजी टिभीहरुले ग्राहकलाई विशेष अनुभव प्रदान गर्दछ ।
एलजी प्रिमियमओलेड टिभी लाइन अपमा एलजी ओलेड इभो शृङ्खलाहरु प्नि समावेश छन्, जसले उच्यालो, जीवन्त भिजुअल दिन्छ र एलजी लाइफस्टाइल स्कृन जसले विशिष्ट डिजाइनहरुमा आकर्षक पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ ।
यस वर्ष विश्वको ४० राष्ट्रहरुमा एलजीओलेड अब्जेट कलेक्सनपोसे, लाइफस्टाइल स्कृन परिवारको सदस्य, उपलब्ध हुनेछ ।
११ वर्ष देखि एलजी ओलेडले वार्षिक सिइएस इन्नोभेसन अवार्डमा सम्मानित भएको छ र थुप्रै “बेस्ट टिभी अफ द यिअर” को उपाधि प्रमुख छापाखानाहरुबाट पनि पाएको छ ।
ओलेड टिभीको अपार सम्भावनाहरुलाई उजागर गर्न विगतको दशक देखि एलजी जोडतोडले लागि परेको छ ।
आजसम्मको उपलब्धिमा बसेर यस कम्पनीले ग्राहकहरुलाई उत्कृष्ट अनुभवप्रदान गर्न सेल्फ–लिट प्रविधिको असीमित सम्भावनाहरुको खोजीगर्दै आगामी दशकमा सृजना र नवीनतालाई जारी राख्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे