
काठमाडौँ । कोशी प्रदेश सभाको मंगलबार दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन गरिएको छ। प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार नवौँ अधिवेशनको १६ औँ बैठक असार ११ र १६ गते पनि निर्धारित समयमा बस्न नसकेपछि प्रदेश सरकारको अनुरोधमा बैठकको समय सारिएको हो।
प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक असार १८ गते दिउँसो १ बजे बस्ने गरी नयाँ समय तय गरेका छन्।
अब उक्त दिन तोकिएको समयमा बैठक बस्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे