
काठमाडौँ। कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ। प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.३७ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिमा बैंकले ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको ४९ करोड ३१ लाख रुपैयाँभन्दा उल्लेख्य रूपमा बढी हो।
बैंकको आम्दानीतर्फ पनि सुधार देखिएको छ। यस अवधिमा खुद ब्याज आम्दानी ९.२६ प्रतिशतले वृद्धि भएको छ भने खुद शुल्क तथा कमिसन आम्दानी ९.६० प्रतिशतले बढेको छ। त्यस्तै कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत र सञ्चालन मुनाफा १८.३४ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।
यद्यपि नाफा वृद्धि भए पनि वितरणयोग्य मुनाफामा भने गिरावट आएको छ। समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १६.४६ प्रतिशतले घटेको देखिएको छ। साथै बैंकको निष्क्रिय कर्जा पनि ४.२७ प्रतिशतले बढ्दै ४.४ प्रतिशत पुगेको छ, जसले जोखिम व्यवस्थापनतर्फ चुनौती देखाएको छ।
बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४९ पैसाले बढेर २० रुपैयाँ ३२ पैसा पुगेको छ। त्यस्तै मूल्य आम्दानी अनुपात २४.२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे