
काठमाडौं । सरकारले वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई लक्षित गरी भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने दुई दिने राष्ट्रिय अभियान सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदैछ भने १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि प्रदान गरिँदैछ । बालबालिकाको पोषण अवस्था सुधार, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले प्रत्येक वर्ष सञ्चालन हुँदै आएको यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । यसैबीच वैशाख महिनालाई खोप महिनाका रूपमा मनाइँदै आएकाले अभिभावकलाई आफ्ना बालबालिकाको नियमित तथा छुटेका खोप अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ । सम्बन्धित निकायका अनुसार खोप सेवा पूर्ण रूपमा निःशुल्क, सुरक्षित र जीवनरक्षक रहेकोले अभियानमा सक्रिय सहभागिता जनाउन सबैमा अनुरोध गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे