
काठमाडौँमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ। पार्टीका अनुसार बैठक बिहीबार दिउँसो १२ः१५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय गरिएको छ।
बैठकमा संसदीय समितिहरूको सभापति चयनसम्बन्धी विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ। यसका साथै दलभित्रका अन्य समसामयिक तथा नीतिगत विषयहरू पनि कार्यसूचीमा समावेश गरिएको छ। पार्टीका प्रवक्ता मनिष झाले बैठकमार्फत आगामी संसदीय गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको जानकारी दिएका छन्।
रास्वपाले संसद्भित्रको भूमिकालाई थप सशक्त बनाउने रणनीतिअनुसार आन्तरिक तयारीलाई तीव्र बनाएको सन्देश बैठकबाट अपेक्षित गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे