२०८० आश्विन १७, बुधबार
काठमाडौँ । सन् २०२० को अन्त्यसम्म ७ करोड ९३ लाख ब्यक्तिहरु एचआइभीबाट संक्रमित भईसकेका छन् भने ३ करोड ६३ लख ब्यक्तिहरुको एड्सको कारण मुत्यु भईसकेको छ ।
डिसेम्बर १ मा मनाइने ३४ औ विश्व एड्स दिबसको पुर्बसन्ध्यामा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो । असमानता हटाऔँ एड्स अन्त्य गरौँ भन्ने नाराका साथ बुधबार ३४ औ विश्व एड्स दिबस मनाइदैछ ।
सन् २०२० को अन्तसम्म नेपालमा ३० हजार ३ सय ब्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ । जुन बयस्क जनसंख्याको ०.१३ प्रतिशत संक्रमण हो । सन् २०२० मा ७५४ ब्यक्तिहरुमा एचआईभीको नयाँ संक्रमण भएको बताइएको छ जुन सन् २०१० को तुलनामा ६३ प्रतिशतले घटेको छ । सन् २०१० मा २ हजार ६१ जना नयाँ संक्रमित भएका थिए ।
सन् २०१० मा नेपालमा ८० बच्चाहरुमा नयाँ संक्रमण भएका थिए । जुन सन् २०१० को तुलनामा ६३ प्रतिशतले घटि हो । सन् २०१० मा २१५ बच्चामा नयाँ संक्रमण भएको थियो ।
सन् २०२० मा मात्रै ६ सय घट ब्यक्तिहरुको एड्सको कारणले मुत्यु भएको बताइएको छ जुन सन् २०१० को तुलनामा ५५ प्रतिशतले कम हो । सन् २०१० मा १४ सय १३ ब्यक्तिहरुको एड्सको कारण मुत्यु भएको थियो । सन् २०२१ को जुलाई महिनासम्म नेपालमा २० हजार ८ सय ८३ संक्रमितहरुले एन्टीरेढोभाइरल उपचार लिइरहेका छन् र अनुमानित कुल एचआइभी संक्रमित मध्ये ६९ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन् ।
विश्वमा एचआईभी र एड्स
सन् २०२० अन्तसम्ममा संसारमा ३ करोड ७७ लाख ब्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ । २०२० मा मात्र १५ लाख नयाँ संक्रमण भएको अनुमान गरिएको छ जुन सन् २०१० को तुलनामा ३१ प्रतिशतले घटेको छ ।
त्यस्तै सन् २०२० मा १ लाख ५० हजार बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको हो भने यसअबधिमा ३ लाख २० हजार बच्चामा नयाँ संक्रमण भएको अनुमान थियो । सन् २०२० मा मात्रै करिब ६ लाख ८० हजार ब्यक्तिहरु एड्सको कारणले मुत्यु भएको अनुमान छ, जुन सन् २०१० को तुलनामा ४८ प्रतिशत कम हो । सन् २०१० मा १३ लाख मानिसहरुले एड्सको कारण आफनो ज्यान गुमाएका थिए ।
सन् २०२० सम्ममा कुल एचआइभी संक्रमित ३ करोड ७७ लाख मध्ये ७३ प्रतिशत २ करोड ७५ लाख मात्र एन्टीरेट्रोभाईरल उपचारमा छन् ।
सन् १९०० देखी २०१५ सम्म कन्डमको प्रयोग बढ्नाले ११ करोड ७० लाख एचआईभी संक्रमण रोकिएको कार्यक्रममा बताइएको थियो ।
एशिया प्रशान्त क्षेत्रमा एचआईभी र एड्स
सन् २०२० को अन्तसम्म एसिया प्रशान्त क्षेत्रमा ५८ लाख ब्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ । कुल एचआईभी संक्रमित मध्ये ६४ प्रतिशत अर्थात ३७ लाख एआरभी उपचारमा छन् । सन् २०२० मा २ लाख ४० हजार नयाँ संक्रमण भएको अनुमान गरिएको छ जुन सन् २०१० को तुलनामा २१ प्रतिशतले घटेको छ । सन् २०२० मा मात्रै १ लाख ३० हजार ब्यक्तिहरुको एड्सको कारण मुत्यु भएको अनुमान छ । सन् २०१० र २०२० सम्ममा ५६ प्रतिशतले घटेको छ । सन् २०१० मा १३ हजार बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान छ । जुन सन् २०१० को तुलनामा ३८ प्रतिशतले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे