२०८० आश्विन १४, आईतबार
काठमाडौँ । नेपालमा पनि कोरोना संक्रमण तिब्र रुपमा फैलिएसँगै काठमाडौँ उपत्यकामा चल्ने मोटरसाइकल सहित सार्वजनिक तथा निजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गरेको छ ।
बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक र निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
प्रशासनले १६ बुँदे आदेश जारी गर्दै अर्को सुचना नआएसम्म लागु गर्नको लागी आदेश जारी गरेको हो ।
योसँगै अब जिल्लाभित्र मोटरसाइकलसहितका सवारी साधन जोर दिनमा जोर र विजोर दिनमा विजोर नं प्लेटका सवारी साधन चल्नेछन् । प्रशासनले गाडीमा सिट क्षमताभन्दा बढि यात्रु राख्न नपाउने, सबै यात्रुलाई मास्क अनिवार्य गराउने, सवारी साधनको ढोकामा र यात्रुले प्रयोग गर्ने ठाउँमा सेनिटाइजरको ब्यवस्था गर्नै, चालक तथा सह–चालकले मास्क र फेस सिल्ड प्रयोग गर्नै, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गराउनु पर्नै र सार्वजनिक सवारी साधनमा कुनै यात्रुले मास्क नलगाई आएमा बढिमा पाँच रुपैया दिएर मास्क उपलब्ध गराउनु पर्ने आदेश जारी गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे