• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी

२७ मिनेट अघि
२

अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने

१ घण्टा अघि
३

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग

१ घण्टा अघि
४

प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध

२ घण्टा अघि
५

संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव

२ घण्टा अघि
६

क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक

३ घण्टा अघि
७

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ

३ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

४ घण्टा अघि
९

सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

४ घण्टा अघि
१०

रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

४ घण्टा अघि
११

विश्वकप २०२६ : रोनाल्डो चम्किँदा पोर्चुगलको गोल वर्षा, इङ्ग्ल्यान्ड–घाना गोलरहित बराबरी

४ घण्टा अघि
१२

रास्वपाले सामाजिक लोकतन्त्रलाई बनायो मुख्य विचारधारा

५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
राससप्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार (४ साल अघि)

अटिजम रोग होइन, लुकाउनु हुँदैन

Mental Health Children

  • 5,065 Views
  • काठमाडौं । बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।”

    यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ । जसले गर्दा उनीहरु कक्षामा पनि आफ्ना अरु साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन् ।

    परिवारले ख्याल राख्ने र सामान्य हेरचाह गर्ने गर्दा पनि यो समस्याको निदान हुन्छ । तर यसलाई ठूलो समस्या या निको नहुने रोगका रूपमा लिने सामाजिक सोचले गर्दा समस्या परिवारभित्रै झन् बल्झिँदै जाने गरेको देखिन्छ । अटिजमसम्बन्धी समाजको यही गलत बुझाइलाई चिर्न तथा समाजमा यो समस्याको पहिचान र निदान गर्न भ्वाइस अफ ओमन नामक संस्थाले विविध चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । भ्वाइस अफ नेपालले अटिजम निको नहुने रोग होइन भन्ने चेतनाका साथै यसलाई समाधान गर्न सकिने उपायका बारेमा घरपरिवार, शिक्षक र समाजमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको सदस्य मोनिका मानन्धर श्रेष्ठ बताउँछन् ।

    विश्व स्वस्थ्य सङ्गठनको मान्यतामा प्रत्येक ६४ जनामध्ये एक जनामा कुनै न कुनै अटिजमको लक्षण रहेको हुन्छ । तर नेपालमा भने अहिलेसम्म यो समस्याका बालबालिका के–कति छन् भन्ने तथ्याङ्क भेटिँदैन । फरक क्षमता भएका यस्ता व्यक्तिका लागि विशेष खालको व्यवहार आवश्यक पर्दछ । साथै घरपरिवार तथा समाजले सकारात्मक दृष्टिकोण राख्ने हो भने यो समस्या धेरै सहज हुने बुझाइ श्रेष्ठको छ । उनका अनुसार अटिजमका बारेमा परिवारका सदस्यहरू पनि खुल्नुपर्छ र आफ्ना घरपरिवारमा यस्तो समस्या भएका बालबालिका भएमा उनीहरूको समस्या समाधानका लागि लाग्नुपर्छ ।

    परिवारका सदस्यहरूले वास्तविकतका नबताइदिँदा वास्तविक तथ्याङ्क सङ्कलन हुन नसकेको सम्बद्ध क्षेत्रमा लागेका व्यक्तिहरूको भनाइ छ । समाजमा यी व्यक्तिको अवस्था र सङ्ख्या नै पहिचान हुन नसक्दा यस विषयमा राज्यले नीति बनाउन पनि कठिनाइ हुने गरेको बताइन्छ । श्रेष्ठका अनुसार पछिल्लो समयमा परिवारका सदस्यहरू पनि विस्तारै खुल्दै गएका छन् । परिवारका सदस्यहरू खुल्दा भित्रभित्रै गुम्सिएका धेरै पिरमर्का पनि हल्का हुने गर्दछ । यसरी कुनै पनि समाजमा समस्या खुलेर बाहिर आयो भने त्यसको समाधान पनि सहज बन्दै जानेछ ।

    नेपाली समाजमा अहिले कतिपय अभिभावकहरू आफ्ना नानीबाबुमा यस्तो समस्या देखिएमा घरभित्रै समस्या लुकाउने र बाहिर नल्याउने गर्दा समस्या झनै थुप्रिएर रहने गरेको र यसले बाबुआमा नै डिप्रेसनमा जाने गरेको पनि देखिएको छ । आफ्ना सन्तानको भविष्यको पिरले गर्दा अभिभावक पनि प्रताडित भएको पाइने गर्दछ । जसका कारण परिवार नै विखण्डनतिर जाने गरेको देखिएको छ ।

    यस्ता बालबालिकाको थेरापीबाट उपचार गरे सहज हुने गर्दछ । समान्यतया सातामा तीनपटक थेरापी गराउने हो भने बालबालिकालाई धेरै नै सहज हुने र यसले जीवनमा परिवर्तन ल्याउने अनुभव धेरै अभिभावकको छ ।

    आगामी शनिबार, (मे ७) मा भ्वाइस अफ नेपालले २५० भन्दा बढी महिलाको सहभागितामा सोल्टीमोडबाट काठमाडौँका विभिन्न स्थानसम्म स्कुटर ¥यालीको आयोजना गरेको छ । यसमार्फत पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । सो ¥यालीमा प्रायः आमा र शिक्षिकाहरू सहभागी हुने र उनीहरुले अटिजमबारे जानकारी लिएर घरपरिवार र समाजमा विस्तार गर्ने अपेक्षा गरिएको उक्त संस्थाले जनाएको छ ।

    अटिजमका सामान्य लक्षण

    बालबालिकामा देखिने केही सामान्य लक्षणबाट उनीहरूमा रहेको अटिजम थाहा पाउन सकिन्छ । एक्लै खेल्न मन पराउने, आँखा जुधाउन नसक्ने, अस्वाभाविकरूपमा हाँस्ने वा कराउने, उमेरअनुसार बोली नफुट्ने, आफू समान उमेरसमूहका साथीसँग घुलमिल हुन मन नपराउने, घाउचोट लाग्दा दुखाइ महसुस नहुने अटिजमका सामान्य लक्षण हुन् ।

    अटिजम भएका बालबालिकाले सामान्य दुखाइ हुँदा चिच्याएर रुने कराउने गर्छन् । यसबाहेक उनीहरूले साङ्केतिक भाषाको प्रयोग गर्न सक्दैनन् । उनीहरुमा उमेरअनुसार बौद्धिक क्षमता पनि उत्कृष्ट हुँदैन । सामान्यभन्दा कुनै ठूलो आवाज सुन्दा कान थुन्छन् र झर्को लागेजस्तो व्यवहार देखाउँछन् । यस्ता बालबालिकालाई सामान्य शिक्षण विधिबाट पठनपाठन गराउन सकिँदैन ।

    अटिजम हुन नदिन के गर्ने ?

    आमाबुवाले बालबालिकालाई यथेष्ट समय दिनुपर्छ । उनीहरुलाई रचनात्मक काममा क्रियाशील गराउनुपर्छ र आफ्नो बच्चाको मानसिक क्षमताबारे बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह, सुझाव लिनुपर्छ । किनकि जति छिटो बच्चाको अवस्था थाहा हुनसक्यो, त्यति नै उनीहरूमा भएका समस्याको पहिचान गर्न र उनीहरूमा आवश्यक अन्य सञ्चार प्रक्रियालाई सहज तुल्याउन मद्दत पुग्ने हुन्छ ।

    अटिजम केन्द्रमा थेरापीका माध्यमबाट पनि सहज तरिकाले सञ्चार प्रक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । यस्तो बेला बालबालिकाका अतिरिक्त उनीहरूका अभिभावकले पनि यससम्बन्धी थेरापी लिनु आवश्यक हुन्छ ।

    अटिजमको उपचार

    अटिजमको कुनै औषधि छैन । यसको मुख्य उपचार भनेको थेरापी नै हो । व्यवहार थेरापी सबैभन्दा उत्तम हुन्छ । त्यसैले अभिभावकले यससम्बन्धी थेरापी लिनु आवश्यक छ भनिएको हो ।

    अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ । यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरु रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसका कारण उनीहरूमा रोग–प्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुग्दछ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी
    २७ मिनेट अघि

  • २

    अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने
    १ घण्टा अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग
    १ घण्टा अघि

  • ४

    प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध
    २ घण्टा अघि

  • ५

    संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव
    २ घण्टा अघि

  • ६

    क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक
    ३ घण्टा अघि

  • ७

    बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ
    ३ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
    ४ घण्टा अघि

  • ९

    सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
    ४ घण्टा अघि

  • १०

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने
    ४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ३

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ४

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ५

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ६

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution