
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बजेट विवाद बढेपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट हटाएका छन्।
पदबाट हटाइनेमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र राज्यमन्त्री निर्मलादेवी साउँद रहेका छन्।
आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा नेपाली कांग्रेस र एमालेबीच केही दिनदेखि विवाद चलिरहेको थियो। पटक–पटक छलफल भए पनि सहमति हुन नसकेपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरू हटाउने निर्णय गरेको बताइएको छ।
मुख्यमन्त्री शाह काठमाडौंमा छलफल गरेर बुधबार धनगढी फर्किएका थिए। मन्त्री हटाइएको औपचारिक पत्र भने सार्वजनिक हुन बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे