
काठमाडौं । बुधबार बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको छ।
संघीय संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक तोकिएको समयमा बस्न नसक्ने भएकाले नयाँ समय तय गरिएको जानकारी दिएको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सभामुखले बैठक दिउँसो १ बजे बस्ने निर्णय गरेका छन्।
आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन संसद्मा पेश गर्ने कार्यसूची रहेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे