२०८० आश्विन १७, बुधबार
काठमाडौँ । चीन सरकारले नेपाली सेनालाई कोरोनाविरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ ।
आज सेनाको मुख्यालयमा भएको एक कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्मालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
मित्रराष्ट्र चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिएको १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित ३,००,००० (तीन लाख) डोज कोभिड-१९ को खोप ‘Vero cell’ मिति २०७८ कार्तिक २२ गते जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच मित्रराष्ट्र चीनका महामहिम राजदूत Her Excellency Hou Yanqi ले प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई हस्तान्तरण गर्नु भएको छ ।
नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी बिरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे